Special message to the visitors

In this area you can put any information you would like, such as: special offers, corporate motos, greeting message to the visitors or the business phone number.

This theme comes with detailed instructions on how to customize this area. You can also remove it completely.

सुचना प्रविधी सम्वन्धी लेख रचनाहरुको सँगालो

Archive for 'गुगल'

ब्लग हेर्ने बानि परेछ । शायद यसको मैलिकताले गर्दा होला । एक पटक कसो कसो गर्दा मैले ब्लगस्पटमा रिसेन्टली (भर्खर १० मिनेट भित्रमा ) अपडेट भएका ब्लगहरुको लिस्ट भेटेको थिए । त्यस पछी फेरी कहिले भेटिन । त्यसो त वर्डप्रेसमा नेपाल बाट वा नेपाली भाषामा अपडेट गरिएका ताजा ब्लगहरु http://ne.wordpress.com मा गएर पढन पाईन्छ तर आफु त गुगल दाईको समुहको मान्छे परियो क्यारे ब्लगस्पटमा यस्तो सुविधा नहुदाँ खल्लो लागी रहेको थियो । ब्लगस्पटमा होष्ट गरिएको कुनै साईटको न्याभ वार (हटाएको छैन भने मात्र) वाट मात्र आफुले नचिनेको, वास्ता नगरेको विषयको ब्लग पढ्न पाईन्थ्यो ।

तर अचानक आज ख्वै कता वाट गुगलमा के सर्च गर्दा गर्दै मैले पहिले पनि एक पटक भेटेको रिसेन्टली अपडेटेड ब्लगहरुको लिष्ट (ब्लगस्पटमा मात्र ) भेटे । मैले त्यो साईट खोलेको वेला त्यसमा १० मिनेट भित्रमा अप डेट भएका ६९६२ वेभ साईटको लिष्ट थियो ।

त्यो साईटको URL : http://www.blogger.com/changes10.g

गुगलले शुरु गरेको फ्रेण्डकनेक्ट प्रोजेक्टले धेरै सम्भावन वोकेर आएको छ। अहिले लाई केही भन्नु भन्दा पनि यसको प्रयोग नै गरै कि भन्ने लागेको छ।

तपाँई पनि सहभागी हुन सक्नु हुन्छ।
http://enepalmedia.com/

  • site:
    यसले खोज्नु पर्ने कुरा निश्चित साईमा मात्र खोज्दछ।
    Nepal site:bbc.co.uk
  • inurl: _ intitle: _ intext: _ inanchor:
    यसले सम्वन्धित सर्च स्ट्रिङ्गलाई क्रमश URL, title, text अथजम anchor मा मात्र खोज्ने काम गर्दछ। यदि माथिका अपरेटर माथी “all” भन्ने टर्म राखिदिने हो भने एकै पटक सम्वन्धित रिजल्ट देखाँउछ।
    intext:bbc.co.uk nepal -king
  • link:
    यसले दिएको URL लाई कहाँ कहाँ लिङ्क गरेको छ त्यो मात्र देखाँउछ।
    link:enepal.net.np
  • define:
    यसले ईन्टरनेटमा सम्वन्धित शब्दको अर्थ के के दिएको छ त्यो देखाँउछ।
    define:love
  • filetype:
    यो चाँही गुगलमा ट्युटोरियल खोज्ने मेरो फेवरेट तरिका हो। यसमा फाईल टाईप जे दिएको छ सम्वन्धित स्ट्रीङ्गको रिजल्छट त्यो टाईपको फाईलमा छ भने मात्र देखाँउछ।
    PHP Mysql Tutorial filetype:pdf
  • Q&A
    गुगललाई के सोध्न मन लागेको छ एक चोटी सोधेर र हेर्नुस गुगलले बुझ्यो भने फेरी सोध्नु पर्दैन।
    What is the population of Nepal?
  • तपाँईलाई स्कुल पढ्दा म्याथमा सरल गरेको याद आउछ? समिकरण लेख्न सक्नु हुन्छ भने त्यो काम गुगलमा लेख्न सकिन्छ।
    (10 + 4) /2 *7
  • प्रतिशत निकाल्नको लागी त गुगललाई कस्ले जित्ने ।
    51% of 900
  • यसलाई पनि ट्राई गर्ने हो कि?
    5^3
    sqrt(4)
    cos(45) tan (45)
    4 ! (फ्याक्टोरियल पत्ता लगाउन)
  • बिदेशी विनिमय दर रुपान्तरणको लागी (currencies)
    100 Euro in USD
  • नाप तौल रुपान्तरणको लागी (weight, length, volume, etc)
    100kg in lb
  • समय थाहा पाउनको लागी (time)
    time kathmandu
  • मौसम थाहा पाउनको लागी
    weather kathmandu

गुगलको आँकाशिदो ईन्टरनेट वजार कब्जा गर्ने रणनिती र प्रयोगकर्ताको गुगल प्रेम उत्कर्षमा पुगेको छ। परिक्षणको रुपमा एउटा प्रयोग कर्ताले आमन्त्रण गरे पछी मात्र खाता खोल्न मिल्ने जिमेलमा हाल आएर खाता खोल्न आमन्त्रण नचाँहिने गरी खुल्ला भएको छ। जिमेल खाता भएको ब्यक्तीले आमन्त्रण गरे पछी मात्र खाता खोल्न मिल्ने शुरुवाती दिनहरुमा जिमेल आमन्त्रण किन बेचको विषय बन्नु साधारण मानिए पनी सर्वसाधरण लाई खुल्ला गरी सक्दा पनि ई-बेमा यसको किन बेच समाप्त नहुनुलाई आश्चर्य लाग्दो जिमेल क्रेज मानिएको छ। भनिन्छ पहिले हटमेल याहु ईमेल खाता भएका दुबैले एउटा जिमेल खाता खोलेका छन।

कुनै साईट चल्नु र राम्रो हुनु भनेको फरक कुरा हो (कम्तिमा मेरोलागी) । वेभ दुनियामा वेभसाईट चल्नु भन्ने वित्तिकै त्यसको पपुल्यारिटि, र्याङ्गकिङ्ग, ईन्डेसिङ्ग को कुरा आँउछ। र यि सव कसैले चाहेकव भरमा भैहाल्ने कुरा हैनन्। त्यसमा पनि साईटको पपुल्यारीटि त प्राविधिक रुपमा जतिनै अगाडी ल्याए पनि साईटको लुक सवैले नस्विकारीकन वढ्ने कुरै हुन्न।

यदी तपाँईले पनि मैले जस्तै नेपालको नं १ वेभसाईट भनेर दावी गरीएको दुई चार वटै वेभसाईट भेट्नु भएको छ भने यो साईटमा गएर त्यसको Google, Alexa, Compete, Quantcast, Technorati, रयाङ्क (Rank) Google, Yahoo , ईन्डेक्स (Index) Google, Yahoo, Delicious, Google Blog Search लिङ्क (Link) चेक गरे पछी तपाँईलाई थाहा भै हाल्छ नि को कती पानीमा छ !

  1. AND अथवा +
    And अथाव + ले शब्दलाई जोड्ने काम गर्दछ। जसवाट ठ्याक्कै ति दुबै शब्द भएको सर्च रिजल्ट भेटिन्छ। Sun +moon
  2. OR अथवा
    यसो गर्दा दुईवटा शब्द मध्ये कुनै एक मात्र भए हुन्छ भन्ने वुझीन्छ। enepal media
  3. ” “
    यस चिन्हको प्रयोग गरेर सर्च गर्दा गुगलले ठ्याक्कै त्यही वाक्य सम्झेर सर्च रिजल्ट खोज्दछ।
    “the sun lights up the moon”
  4. -
    यस माईनस चिन्हको यस वाहेक भन्ने वुझाँउछ । उदारणको लागी sun -”moon and stars” भन्दा यसको सर्च रिजल्ट सन आउदाँ मुन र स्टारर्स को कुरा चाँही आउनु हुन्न भन्ने वुझीन्छ। sun -”moon and stars”
  5. *
    यस चिन्हलाई गुगल ले वाईल्ड कार्डको रुपमा वुझ्दछ जसले गर्दा कुनै वाक्यको विचमा कुनै शब्द विर्सियो भने गुगले संभावित शब्द चयन गरेर सर्च गर्दछ। “the * lights up the moon”
  6. ~
    यसको प्रयोगले गुगलले कुनै शब्दको पर्यावाची शब्द खोजेर देखाई दिन्छ। ~sun
  7. ..
    दुई अंकको विचमा यसको प्रयोगले ति दुई अंक विचको रेञ्ज भन्ने जनाँउछ। “solar eclipse 1990..2005″

गुगल फेविकोन

जसरी वेभमा तपाँई हामीले केही (गरी) राखेका छौ भने गुगलले हामीलाई थाहै नदिई अरुलाई थाहा दिई राखेको हुन्छ त्यस्तै गुगलको कुरा पनि अरुले धेरै याद गरि राखेको हुदो रहेछ । गुगलले एड्रेस वारमा देखिने सानो चित्र (फेविकोन) परिवर्तन गरेको खवरलाई विश्वभरीमा कम्तीमा दुई हजार भन्दा वढी वेभसाईटले कभरेज गरेछन। १६X१६ पिक्सेलमा ब्लु कलरमा डिजाईन गरेको अग्रेजी अक्षरको लोवरकेशमा लेखिएको यो आईकोनमा त्यस्तो खास केही देखिएन (मलाई चाँही त्यस्तो लाग्यो) तर पनि ईतिहास बिजेताहरुको घोडा हो जित्ने हरुले जसरी जता दौडाए पनि हुन्छ भनिन्छ नी त्यस्तै गुगलको फेविकोन पनि खबर बन्यो।